
डा. देवी पन्थी
झरीमा नभिज्नू चिसो याममा
सिरानी भिजाउँछु सधैं रातमा ।
छुँदै छुन्न पानी अछुतको भन्यौ
युवामा छुवाछुत गयो घाटमा ।
के सुन्थ्यौ तिमीले कसैको दुख
असन्तुष्टि बोकी रह्यौ काँधमा ।
हिजोसम्म वरिपरि थिए माहुरी
झ¥यो फूल छैनन् कुनै साथमा ।
टिपिन्छन् सधैँ फूल निर्धा कठै !
कुनै जान्छ मन्दिर कुनै लासमा ।
बहर : मुतकारिब मुसम्मन महजुफ
वजन : 122–122–122–12
फऊलुन्, फऊलुन् फऊलुन्, मफा
वि.सं.२०८० असोज ६ शनिवार ०७:१३ मा प्रकाशित