back
CTIZAN AD

गजल

वि.सं.२०८० असोज २० शनिवार

1.3K 

shares

स्वर्णशिखा, दाङ

नम्र भएझैँ व्यक्ति पढेको
झुक्दछ हाँगो जुन छ फलेको

आँसु खसेको देख्दछ दुनिँया
देख्छ र कसले चित्त दुखेको

चल्छ रडाको बात नमिल्दा
उनले भनेको मैले सुनेको

लम्किरहेको हात्ती छ उस्तै
खिन्न कुकुर बन्दै छ भुकेको

लाग्दछ माया उनको मलाई
छैनँ तथापि भन्न सकेको

बहर : मुतकारिब मुसम्मन असरम सालिम
वजन : २१–१२२–२१– १२२

वि.सं.२०८० असोज २० शनिवार ०८:५१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...