back
CTIZAN AD

मुक्तक

वि.सं.२०८० असोज २० शनिवार

1.8K 

shares

बिष्णु थापा “बिछोड“, काठमाडौ


हिजोआज कसैको पनि मनमा शितल देखिएन
भाइ भाइमा फुट हुँदा एकता र बल देखिएन
सुनको कचौरा हातमा लिई माग्न हिड्ने नेता देख्दा
जनताको नजरमा यहाँ कोही असल देखिएन ।


मौसमले नि आज हदै च्यालेञ्ज गर्यो लौ न
धुम्म आकाश गड्याङ्गगुडुङ्ग पानी पर्यो लौ न
धेरै पछि मलाई भेट्न निस्कदै थिइन् उनी
भेट्ने इच्छा हुँदाहुँदै पनि दिन सर्यो लौ न ।


जिन्दगी आफैमा उत्सव हो रमाउन जान्नुपर्छ
यसैलाई सधैं हराभरा बनाउन जान्नुपर्छ
दुःख अनि पीर चिन्ता कसलाई पर्दैन र !
त्यै दुःखलाई साध्य बनाई सजाउन जान्नुपर्छ


आफ्नै लागी अहिले पनि लुछाचुँडी गरेका छ्न्
खोक्रो बनाई देशलाई आफ्नै भुँडी भरेका छ्न्
आऊ अब युवाशक्ति भ्रष्टाचारीलाई तह लगाउँ
अभाव र महङ्गीले लाखौ जनता मरेका छ्न् ।


जान्न छोरा बृद्धआश्रम तानीतानी नलग न !
तिम्रो पनि आउँछ पालो जानीजानी नलग न !
बुढेसकालको सहारा तिमी बाहेक को छ मेरो?
मुटुभित्र चोट दिएर हानीहानी नलग न ।

 

वि.सं.२०८० असोज २० शनिवार ०८:५२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...