back
CTIZAN AD

कविता : वृद्ध व्यवहार

वि.सं.२०८० असोज २७ शनिवार

2.1K 

shares

दीनानाथ पोख्रेल, इलाम

मूलहीन चिज हुन्न धरामा ।
उम्रिएर सँग बढ्छ गरामा ।।
वृद्धमूल सबका गर रक्षा ।
प्राप्त होस् विनयले गुणशिक्षा ।।०१।।

छेउमा बस गई अनि सोध ।
कर्म योग्य पथ हो हित रोज ।।
शब्द पस्क विनयीपन घोली।
बाँड्दछन् हृदयका सुख खोली ।।०२।।

फक्रँदा कुसुमले मन तान्छन् ।
पक्र अग्रजकला हितका छन् ।।
के दिए बल छँदा ? गम नित्य ।
कर्म योग्य छ बडो मन पूज्य ।।०३।।

ज्येष्ठ छैन भव यो पनि छैन ।
मिल्न सक्छ कसरी सुख चैन ।।
ज्येष्ठका डगर दृष्टि विशाल ।
बाँड प्रेम मनले बह फाल ।।०४।।

वृद्ध हुन्छ भव यो सब जान ।
पुग्छु त्यो गतिविषे खुद ठान ।।
खानपान मनको खुद देऊ ।
फिर्छ याम पछि ता सुख लेऊ ।।०५।।

होस गुम्दछ भनी मन लेऊ ।
उठ्न साहस निको बल देऊ ।।
ओखती समयमा पनि देऊ ।
वृद्ध आसिक टिपी सुख लेऊ ।।०६।।

छन्दः– स्वागता

वि.सं.२०८० असोज २७ शनिवार ०९:०८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...