प्रभा पोखरेल, काठमाडौँ
१
हातभरि पहिरो छ ठेलाको
माटो भएर, बाँचियो जिन्दगी खाटो भएर
भित्री चोट गहिरो छ ठेलाको
२
चुलो बल्छ घरमा हुनेको
चाडबाडमा, छिमेकी गतिलो छैन आडमा
हियो गल्छ भरमा हुनेको
३
उता हेर्दा मिठो छ मसिनो
कस्तो भिन्नता, यो दुःख लागेर बढ्यो खिन्नता
यता हेर्दा पिठो छ मसिनो
४
आँगनीमा लागेन जून पनि
गरिबको चाप हामी हौँ विचरा मात्र औँठा छाप
घरभित्र जागेन धून पनि
५
घाँटी हेरी निलेमा हाड पनि
गल्ति सोचेर, भन्नु क्यै हुँदैन च्वास्स घोचेर
कति गर्नु अरूको डाह पनि
वि.सं.२०८० असोज २७ शनिवार ०९:०८ मा प्रकाशित






























