बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो)
कनकाई, झापा
१.
छेक्यो पर्वले
हिन्दु हाम्रो सस्कृती
मान्छौ गर्वले ।
२.
पैसा गोजीमा
राम्रो राम्रो कपडा
किन्छौ रोजिमा ।
३.
दशै तिहार
हुन्छ दिदी भाइको
मीठो पियार ।
४.
हाम्रो सस्कृती
जोगाइ राख्नुपर्छ
नहोस् बिकृती ।
५.
फूलपातीमा
हुन्छ हर्सोउल्लास
हिन्दु जातीमा ।
६.
चाड महान
खाँदा मीठो मसिनो
खुसी जहान ।
७.
दुर्गा भवानी
रक्षा गरिदिनु होस्
सन्तान मानी ।
८.
चाड पर्वले
मनाउनु पर्छ है
खुसी गर्वले ।
९.
दशै आयो है
मनभित्र सबैको
खुशी छायो है ।
१०.
गोजि खाली छ
यसपालि मावल
जाने पाली छ ।
वि.सं.२०८० असोज २७ शनिवार ०९:०९ मा प्रकाशित






























