back

गजल

वि.सं.२०८० कात्तिक १८ शनिवार

969 

shares

प्रमोद विप्लव

स्पर्श गर्न खोज्छे, छेवै सरेर उस्ले
माया पुगेन भन्छे , चुम्मा गरेर उस्ले

कोकै पिएर बस्ने ? थोरै त चाख भन्दै
मेरो गिलास दिन्छे , रक्सी भरेर उस्ले

एक्लै भएँ म आऊ, आधा छ खाट खाली
भन्छे कि सुत्छु सङ्गै, भैँ मै झरेर उस्ले

जाडो छ रात साह्रै, तातो छ सास उस्को
मात्दै समीप तान्छे, लट्ठै परेर उस्ले

सामीप्यबाट थोरै, टाढा म सर्न खोज्दा
के भन्न कुन्नि हेर्छे, आँखा तरेर उस्ले

बहर : मुजारे मुसम्मन अखरब
अर्कान:221 2122//221 2122
विश्राम: 7

वि.सं.२०८० कात्तिक १८ शनिवार १०:१७ मा प्रकाशित

मुक्तक

मुक्तक

बिटु केसी,सुर्यविनायक, भक्तपुर १. सजाउन जाने सम्बन्ध फूल हो नजान्दा...

हाइकु

हाइकु

म्यामराज राई हतुवागढी -६, होम्ताङ्, भोजपुर (हाल - जापान) १...

लघुकथा : पागल

लघुकथा : पागल

होम प्रसाद नेउपाने, धरान,सुनसरी आज शनिबार । कोठामा घोत्लिएर बसिरहेको...

कविता : आऊ,मानवताको द्यौराली रोपौँ!!

कविता : आऊ,मानवताको द्यौराली रोपौँ!!

कलानिधि दाहााल,काठमाडौं आँधी उठाएर अलिकति तूफान पोको पारेर निकै नै...

कविता : सामवेदको स्वर

कविता : सामवेदको स्वर

राजेन्द्रकुमार बज्राचार्य कोटेश्वर, काठमाण्डौ सात थरी रहे कस्ता, छन् सामवेदको...

कोपिला

कोपिला

गिरिराज डल्लाकोटी,चितवन १. बिनाअर्थ डराउनेहरू हुन्छन् एउटाले लगाइदियोभने स्यालहुइँया पछिपछि...