back
CTIZAN AD

गजल

वि.सं.२०८० कात्तिक १८ शनिवार

2.4K 

shares

प्रमोद विप्लव

स्पर्श गर्न खोज्छे, छेवै सरेर उस्ले
माया पुगेन भन्छे , चुम्मा गरेर उस्ले

कोकै पिएर बस्ने ? थोरै त चाख भन्दै
मेरो गिलास दिन्छे , रक्सी भरेर उस्ले

एक्लै भएँ म आऊ, आधा छ खाट खाली
भन्छे कि सुत्छु सङ्गै, भैँ मै झरेर उस्ले

जाडो छ रात साह्रै, तातो छ सास उस्को
मात्दै समीप तान्छे, लट्ठै परेर उस्ले

सामीप्यबाट थोरै, टाढा म सर्न खोज्दा
के भन्न कुन्नि हेर्छे, आँखा तरेर उस्ले

बहर : मुजारे मुसम्मन अखरब
अर्कान:221 2122//221 2122
विश्राम: 7

वि.सं.२०८० कात्तिक १८ शनिवार १०:१७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...