back
CTIZAN AD

सुसेलीः आयो तिहार

वि.सं.२०८० कात्तिक २८ मंगलवार

1.7K 

shares

ओमप्रसाद कोइराला, कपन फैका

१.
दसैं विदा भो
तिहारले स्वागत
राम्रो गर्ने भो ।
२.
गाई तिहार
सौंबारे औंसी राम्रो
बनौं नुहार ।
३.
हलि गोरुको
पूजा गरि सम्झना
गरौं अरूको ।
४.
काग करायो
कुकुरले चिनेर
आफैं रमायो ।
५.
रमौं रमाऔं
द्यौसी भैलो खेलेर
पैसा कमाऔं ।
६.
बज्यो मादल
आकाशमा हरायो
कालो बादल ।
७.
दिदी हाँसेर
मखमली फूलको
माला गाँसेर ।
८.
गरिन् साइत
मीठा सेल कोसेली
बोकी माइत ।
९.
फूल फूलेर
खेतभरी सुनौलो
धान झुलेर ।
१०.
गाउँ शहर
सेलरोटी तेलको
बास्ना हरर ।

 

वि.सं.२०८० कात्तिक २८ मंगलवार १५:४४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...