back
CTIZAN AD

गजल

वि.सं.२०८० कात्तिक २८ मंगलवार

1.4K 

shares

मोहन गौतम, राङ्का गान्तोक सिक्किम

घसेर लाली चिटिक्क पर्छिन् अचेल भिन्नै छ चाल उनको
सदैव सानी बजार झर्छिन् अचेल भिन्नै छ चाल उनको

सुटुक्क आई मुसुक्क हाँस्दै भुतुक्क पर्ने छ कस्तो बानी
भो बुझ्न गाह्रो के कर्म गर्छिन् अचेल भिन्नै छ चाल उनको

सधैँ मलाई नछोड भन्थिन् कतै म हिड्दा अगाडि लाग्थिन्
मुहार छोप्दै पछाडि सर्छिन् अचेल भिन्नै छ चाल उनको

लजालु सानीले खुब मसङ्ग निमेषभर टाढा हुन्न भन्थिन्
भो पीर कर्केर नेत्र तर्छिन् अचेल भिन्ने छ चाल उनको

रुची अनौठो देखेर उनको , म मख्ख पर्दै छु आजभोलि
छरेर अत्तर सुवास छर्छिन् अचेल भिन्नै छ चाल उनको

बहर ः जमिल मुसम्मन सालिम
अर्कानः १२१२२–१२१२२– १२१२२– १२१२२
काफियाः अर्छिन्
रदिफः अचेल भिन्नै छ चाल उनको

वि.सं.२०८० कात्तिक २८ मंगलवार १५:४५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...