back
CTIZAN AD

मुक्तक

वि.सं.२०८० कात्तिक २८ मंगलवार

1.6K 

shares

अनिल भण्डारी उदास, अछाम


आवश्यकता हजारको छ खल्तीमा सय छैन
यसकारण मेरो अनि बजारको समन्वय छैन
फकिर हुँ परिचयको प्रस्ताव नराख महोदय
तत्काल तपाईंलाई दिन म सँग परिचय छैन


दुःख अभावको जंघार तर्ने जोहो गर्दागर्दै
विकट गाउँ देखी सहर सर्ने जोहो गर्दागर्दै
एकलाचार गरिबको जिन्दगी यसरी सकिन्छ
दुइछाक परिवारको पेट भर्ने जोहो गर्दागर्दै


छैन उपचार छैन ओखती कति बाँचिएला
दुखिरहन्छ मुटु भतभती कति बाँचिएला
जीउँदो लास भाछु अचेल बैगुनिको यादले
सकियो मनोबल भएजति कति बाँचिएला


नजिक आउछन् टाढिएका जति यो जमानामा
आफूसँग हुनुपर्छ मनग्ये सम्पत्ति यो जमानामा
प्रेमले सम्बन्ध बच्ने जमाना सक्की सकेको छ
पैसा हो सम्बन्ध बचाउने ओखती यो जमानामा


देख्छन खुसी अरू अरू खुशी कहाँ छन्
पीडा लुकाउछन् बरू खुशी कहाँ छन्
हाम्रो जिन्दगी भनेकै एउटा अभिनय हो
सबै खुशी देखिनेहरू खुशी कहाँ छन्

वि.सं.२०८० कात्तिक २८ मंगलवार १५:४७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...