back
CTIZAN AD

गजल

वि.सं.२०८० कात्तिक २८ मंगलवार

1.2K 

shares

भुपाल अधिकारी, विराटनगर

भित्र भित्र दिल जलाउने जमाना थियो
प्रेम गर्न तर नयाँ नयाँ बहाना थियो

सत्य भन्छु प्रीतले म आज पागल बनेँ
बैंसमा, उमेरमा यो दिल दिवाना थियो

के थियो रहस्य बुझ्न नै नसक्ने भएँ
प्रेम पत्र साथ एक खाली पाना थियो

मन त टुक्रिएछ एउटा अचानो सरी
घाउ झैँ हजार चोटको निसाना थियो

दुःख, चोट, भेदभाव, धाकधम्की दिए
प्यार प्यार बीच जात नै सिमाना थियो

बहर : रमल मुसम्मन मक्सुर मरतूअ
अर्कान :२१२१ २१२१ २१२२ १२

वि.सं.२०८० कात्तिक २८ मंगलवार १५:४९ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...