back

कविता : दिनभरि के काम छ तेरो !

वि.सं.२०८० कात्तिक २८ मंगलवार

1K 

shares

नैना अधिकारी, असम

म महिला हुँ
म गृहिणी हुँ
मेरो काम–
पकाउने
खाने
सुत्ने
यस्तै लाग्छ तिमीलाई
या तिमीजस्तै कैयौँ पुरुषहरूलाई
होइन ?

मेरो गोत्र छिनेऊ
परिचय छिनेऊ
स्वाभिमान ध्वस्त पारेऊ
म सुनाखरी झैँ फुल्नुप¥यो
तिमीमा जेलिएर
तिम्रो रङ उडेपछि
मेरो पनि रङ उड्नुपर्छ
मेरो रङ उडे
तिमी फेरि रङ्गिछौ नयाँ रङमा

हो पनि,
तिमी अर्थ जोड्ने
म खर्च गर्ने
तिमी योजना बनाउने
म कार्यान्वयन गर्ने
भो,
मेरा कामहरू गन्नु पर्दैन तिमीले ।

तिम्रो मोजादेखि लिएर
टोपीसम्मको हिसाब छ मसँग
अँ साँचि
हाम्रा ती दुई फुल पनि हुर्के
तिमीले पत्तै नपाई

मैले मेरो घर अहिलेसम्म भेटिनँ
तिम्रो घरलाई मेरो ठानेँ
दुख
पिँडा
हर्ष
सबै बाडेँ
दायित्व मेरो
अधिकार तिम्रो

र, पनि
सधैँ एउटै प्रश्न सुन्छु तिम्रो
’दिनभरि के काम छ तेरो !’

वि.सं.२०८० कात्तिक २८ मंगलवार १५:५१ मा प्रकाशित

कोपिला

कोपिला

केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चोक, गोरखा १. विकृति फैलिएर गयो राजनीति...

लघुकथा : घृणा र प्रेम

लघुकथा : घृणा र प्रेम

कल्पना भण्डारी सिन्धुपाल्चोक, हाल - काठमाडौं ‘गौरी दिदी भोलि त...

कोपिला\डाली

कोपिला\डाली

गणेश लोहनी, चितवन हाल काठमाडौं १ साधनाले सिद्धि मिल्यो ध्यान...

कथा : दानी

कथा : दानी

बाढीपीडितका लागी चन्दा संकलन भैरहेको थियो । केही जनसेवकहरूले संगित...

मुक्तक

मुक्तक

रुद्र अधिकारी, विशालनगर, काठमाडौँ १. अँध्यारोमै राख्ने अन्धकारलाई हेर्नु पर्छ...

लघुकथा : अभुक्त

लघुकथा : अभुक्त

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बुढा खै !...