back
CTIZAN AD

कविता : दिनभरि के काम छ तेरो !

वि.सं.२०८० कात्तिक २८ मंगलवार

2.7K 

shares

नैना अधिकारी, असम

म महिला हुँ
म गृहिणी हुँ
मेरो काम–
पकाउने
खाने
सुत्ने
यस्तै लाग्छ तिमीलाई
या तिमीजस्तै कैयौँ पुरुषहरूलाई
होइन ?

मेरो गोत्र छिनेऊ
परिचय छिनेऊ
स्वाभिमान ध्वस्त पारेऊ
म सुनाखरी झैँ फुल्नुप¥यो
तिमीमा जेलिएर
तिम्रो रङ उडेपछि
मेरो पनि रङ उड्नुपर्छ
मेरो रङ उडे
तिमी फेरि रङ्गिछौ नयाँ रङमा

हो पनि,
तिमी अर्थ जोड्ने
म खर्च गर्ने
तिमी योजना बनाउने
म कार्यान्वयन गर्ने
भो,
मेरा कामहरू गन्नु पर्दैन तिमीले ।

तिम्रो मोजादेखि लिएर
टोपीसम्मको हिसाब छ मसँग
अँ साँचि
हाम्रा ती दुई फुल पनि हुर्के
तिमीले पत्तै नपाई

मैले मेरो घर अहिलेसम्म भेटिनँ
तिम्रो घरलाई मेरो ठानेँ
दुख
पिँडा
हर्ष
सबै बाडेँ
दायित्व मेरो
अधिकार तिम्रो

र, पनि
सधैँ एउटै प्रश्न सुन्छु तिम्रो
’दिनभरि के काम छ तेरो !’

वि.सं.२०८० कात्तिक २८ मंगलवार १५:५१ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...