back

कविता : भूकम्प

वि.सं.२०८० कात्तिक २८ मंगलवार

1.2K 

shares

ओम आचार्य, अर्घाखाँची

पल पल
मरिरहेको निरीह जिन्दगी
फेरि एकपल्ट भूकम्पले
लालाबाला सहित
उसकै ओतलाई
घाटी अठ्याउन लगाएछ
मसान रातमा
ऐया!आत्थु पनि भन्न पाएन
अरु केही गोहीहरूलाई
शोकको सिद्रा हाट लागेछ
केही समयको लागि ।

घाम लाग्दा पनि सकस
पानी पर्दा पनि सकस
सास्ती मात्र खेपिरहेको बस्ती
फेरि एकपल्ट भूकम्पले
उठ्नै नसक्ने गरी ढालेछ
मसान रातमा
ऐया!आत्थु पनि भन्न पाएन
अरु केही कङ्कालहरूलाई
बन्द नाका खुलेछ
हुर्रिदै छन् भग्नावशेष घरका छाना ठटाउन ।

पहिले पनि छोडेर गए
अहिले पनि छोडेर गए
छुटेका÷ टुटेकाहरू प्राणीहरू
आँसुको दहमा खियाउँदै छन् सकिनसकि डुँगा
सम्झन सक्नेले सम्झिएर
बिर्सन सक्नेले बिर्सिएर
बिचैमा आँधी हुरीले अनिष्ट नगरे
किनारामा पुग्ने छन्
अरु केही बुख्याचाहरूलाई
बगरमा पराकम्प जात्रा लागिरहेछ
कोकोहोलो छ पहिले जस्तै ।

वि.सं.२०८० कात्तिक २८ मंगलवार १५:५२ मा प्रकाशित

कोपिला

कोपिला

केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चोक, गोरखा १. विकृति फैलिएर गयो राजनीति...

लघुकथा : घृणा र प्रेम

लघुकथा : घृणा र प्रेम

कल्पना भण्डारी सिन्धुपाल्चोक, हाल - काठमाडौं ‘गौरी दिदी भोलि त...

कोपिला\डाली

कोपिला\डाली

गणेश लोहनी, चितवन हाल काठमाडौं १ साधनाले सिद्धि मिल्यो ध्यान...

कथा : दानी

कथा : दानी

बाढीपीडितका लागी चन्दा संकलन भैरहेको थियो । केही जनसेवकहरूले संगित...

मुक्तक

मुक्तक

रुद्र अधिकारी, विशालनगर, काठमाडौँ १. अँध्यारोमै राख्ने अन्धकारलाई हेर्नु पर्छ...

लघुकथा : अभुक्त

लघुकथा : अभुक्त

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बुढा खै !...