back
CTIZAN AD

कविता : भूकम्प

वि.सं.२०८० कात्तिक २८ मंगलवार

2.4K 

shares

ओम आचार्य, अर्घाखाँची

पल पल
मरिरहेको निरीह जिन्दगी
फेरि एकपल्ट भूकम्पले
लालाबाला सहित
उसकै ओतलाई
घाटी अठ्याउन लगाएछ
मसान रातमा
ऐया!आत्थु पनि भन्न पाएन
अरु केही गोहीहरूलाई
शोकको सिद्रा हाट लागेछ
केही समयको लागि ।

घाम लाग्दा पनि सकस
पानी पर्दा पनि सकस
सास्ती मात्र खेपिरहेको बस्ती
फेरि एकपल्ट भूकम्पले
उठ्नै नसक्ने गरी ढालेछ
मसान रातमा
ऐया!आत्थु पनि भन्न पाएन
अरु केही कङ्कालहरूलाई
बन्द नाका खुलेछ
हुर्रिदै छन् भग्नावशेष घरका छाना ठटाउन ।

पहिले पनि छोडेर गए
अहिले पनि छोडेर गए
छुटेका÷ टुटेकाहरू प्राणीहरू
आँसुको दहमा खियाउँदै छन् सकिनसकि डुँगा
सम्झन सक्नेले सम्झिएर
बिर्सन सक्नेले बिर्सिएर
बिचैमा आँधी हुरीले अनिष्ट नगरे
किनारामा पुग्ने छन्
अरु केही बुख्याचाहरूलाई
बगरमा पराकम्प जात्रा लागिरहेछ
कोकोहोलो छ पहिले जस्तै ।

वि.सं.२०८० कात्तिक २८ मंगलवार १५:५२ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...