back
CTIZAN AD

कोपिला

वि.सं.२०८० कात्तिक २८ मंगलवार

1.7K 

shares

घनश्याम पौडेल, पोखरा

१.
ए सुन है दिदी द्यौसिरे,ए सुन है दाई द्यौसिरे
सुन्नुहोला तन्मन दिएर, आयौँ हामी द्यौसिरे लिएर
ए सुन है बैनी द्यौसिरे, ए सुन है भाइ द्यौसिरे

२.
ए ऐ असी साल द्यौसारे,ए कार्तिक मास द्यौसिरे
जाजरकोट जिल्लामा आएको, सयौँ जनाको ज्यान खाएको
ए भूकम्प आई द्यौसिरे, ए बनायो त्रास द्यौसिरे

३.
ए त्यै सत्र गते द्यौसिरे, शुक्रबारमा द्यौसिरे
ठूलै झट्का दिएर गयो, चारैतिर लौन यो के भयो
ए रातको पनि द्यौसिरे, आधारातमा द्यौसिरे

४.
ए के एक तले द्यौसिरे, ए के दुई तले द्यौसिरे
पुराना र ती माटाका घर,भूकम्पमा भएनन् क्यै भर
ए ती कच्ची घर द्यौसिरे, ए गर्ल्याम्मै ढले द्यौसिरे

५.
ए उद्धारतिर द्यौसिरे, ए लाग्दैछन् कोही द्यौसिरे
नसोचेको भयो नि घटना, पिडीतप्रति छ समवेदना
ए राहत पनि द्यौसिरे, ए माग्दैछन् कोही द्यौसिरे

लय : द्यौसिरे
९,९्१०,१०

वि.सं.२०८० कात्तिक २८ मंगलवार १५:५४ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...