रामशरण न्यौपाने, भक्तपुर
साथ तिम्रो बस्नपाए फुल्छ मेरो जिन्दगी
पूर्णिमाको जून जस्तै खुल्छ मेरो जिन्दगी ।
आऊ गोरी मुस्कुराऊ उर्वशीको चालमा
भोक निन्दा दर्द सारा भुल्छ मेरो जिन्दगी ।
मोहिनीको माद भर्ने बैँसको खुब रागमा
शुद्ध पानी तेल जस्तै घुल्छ मेरो जिन्दगी।
सुन्दरीको देहको त्यो धूपछाया पाउँदा
चाँदनीमा च्याखुरा झैँ डुल्छ मेरो जिन्दगी ।
रात एक्लै काट्नु पर्दा लौन घोर्ले बैँसमा
वेदनामा तड्पिँदै पो सुल्छ मेरो जिन्दगी ।
बहर : रमल मुसम्मन महजुफ)
अर्कान : २१२२ २१२२ २१२२ २१२
वि.सं.२०८० मंसिर ९ शनिवार ०८:३२ मा प्रकाशित






























