back
CTIZAN AD

सुसेली-बिरामी साहित्यकार

वि.सं.२०८० मंसिर २३ शनिवार

1.7K 

shares

कृष्णप्रसाद पौडेल (के.पी. पौडेल)

१.
गर्छु जपन
उपस्थित सबमा
मेरा नमन ।

२.
कुरा बुझौँ न
रोगी दुखीहरूका
सेवा गरौँ न ।

३.
सुन्दै छौँ हामी
हाम्रा गुरु तिलक
छन् है बिरामी ।

४.
राम्रा सर्जक
चारै वेद वाचक
हुन् ती तिलक ।

५.
हुन् ती साधक
चारै वेद ग्रन्थका
अनुवादक ।

६.
यस्ता नायक
बिरामी छन् अहिले
सच्चा सर्जक ।

७.
उम्दा गरिमा
सहयोगी हातको
हुन्छ महिमा ।

८.
सुनौँ बात यो
बिरामीको सेवा नै
हाम्रो धर्म हो ।

९.
मिलोस् तागत
सहयोगी हातका
गरौँ स्वागत ।

१०.
कुरा सुन्दैनन्
सरकार प्रज्ञाले
किन हेर्दैनन् ।

 

वि.सं.२०८० मंसिर २३ शनिवार ०७:५३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...