मिलनकुमार ढुङ्गाना, झापा
ए / बद्लिएको हो
मलाई खुुद प्रिया भन्छिन् कुमान्छे बद्लिएको हो
मिठो माया दिइन् उनले त्यसैले बद्लिएको हो
यहाँ आरोप धेरै छन् तिमीले नै लगाएका
किटानी त्यो गरी भन्नू ममा जे बद्लिएको हो
चढी सत्ता उनी भन्छन् भयो नेपाल सिङ्गापुर
लु देखाऊ तिमी आफैँ यहाँ के बद्लिएको हो
प्रिया लागिन् नयाँ बाटो बनेँ एक्लो हुँदा निर्धन
उनी निर्लज्ज भन्छिन् रे सिराने बद्लिएको हो
नयाँ सरकार आयो रे भनी हल्ला गरेका छन्
मुखुण्डो मात्र अर्काे हो कि लाखे बद्लिएको हो
बहर : हजज मुसम्मन सालिम
अर्कान : १२२२ १२२२ १२२२ १२२२
वि.सं.२०८० मंसिर ३० शनिवार ०८:२१ मा प्रकाशित






























