कोमल प्रसाद पोखरेल, सुरुङ्गा, झापा
कुनै छन् बसेका रँगाएर केश,
कुनै छन् रमेका भँजाएर देश ।
रुपैयाँ यताको छ गोजी उताको
उतैको छ भाषा उतैको छ भेष ।
कुनै छन् बिरामी भई देश ठग्ने,
तिनैले त नेपाल पारे अशेष ।
सयौं स्याल छन्, चुस्दछन् मातृदेह
तथा खेल्दछन् द्यूतक्रीडा र चेस ।
अहो ! दूध रुङ्ने बिरालो खटायौं,
गयो देशको द्रव्य जम्मै विदेश ।
वि.सं.२०८० मंसिर ३० शनिवार ०८:२२ मा प्रकाशित






























