back
CTIZAN AD

गुणस्तरहीन काम भएको भन्दै अस्पतालको निर्माणाधीन भवन भत्काउन निर्देशन

वि.सं.२०८० पुस १८ बुधवार

1.3K 

shares

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले वडा नं ५ चिसापानीमा निर्माणाधीन १५ श्ययाको अस्पताल भवनमा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएको भन्दै संरचना भत्काउन निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।

गाउँ कार्यपालिकाको मंगलवारको बैठकले निर्माणाधीन अस्पताल भवनको जगमा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको अनुगमनका क्रममा पाइएको भन्दै निर्माणाधीन संरचना भत्काएर फेरि काम गर्न निर्देशन दिएको हो ।

निर्माणाधीन अस्पताल भवनका लागि जग सम्याएर पिल्लर ठड्याउने क्रममा गुणस्तरहीन काम भएको स्थानीयले गुनासो गरेपछि अनुगमन गरिएको र गुणस्तरहीन काम भएको निष्कर्षसहित संरचना भत्काउन निर्देशन दिइएको गाउँपालिका प्रमुख अरुणादेवी राईले जानकारी दिइन् ।

“करिब दुई वर्षअघि निर्माण सम्पन्न गर्नुपर्ने अस्पताल भवनको हालै पिल्लर ठड्याउने काम हुँदै थियो । ठेकेदारको लापर्वाहीले गुणस्तरहीन संरचना निर्माण भइरहेको रहेछ । गाउँपालिकाको कार्यपालिकाको बैठक नै बसेर भत्काउन निर्देशन दिएका हौँ”, अध्यक्ष राईले भनिन्, “गाउँपालिकाको निर्देशनलगत्तै कम्पनीले निर्माण सम्पन्न भएका संरचना भत्काउन थालेको छ । गुणस्तरमा लापर्वाही गर्ने ठेकेदारलाई निगरानीमा राखेका छौँ ।”

निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन विसं २०७९ असार २८ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी विसं २०७८ असार २५ गते ड्रागन–रियर जेभीले ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले अस्पताल भवनको काम सिद्धगढी निर्माण कम्पनीलाई पेटी ठेक्कामा दिएको जनाएको छ । अस्पताल भवन निर्माणका लागि कूल रु २० करोड ७१ हजार पाँच सय ९० मा सम्झौता भएको थियो ।
रासस सांकेतिक फोटो

वि.सं.२०८० पुस १८ बुधवार ०७:३३ मा प्रकाशित

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

१३औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित मनाइँदै

१३औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं ।  १३औँ विश्व अटिजम सचेतना दिवस नेपालसहित विश्वभर विभिन्न...

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

स्याङ्जा । गण्डकी प्रदेशको पवित्र पर्यटकीय स्थल सिरुबारीस्थित श्री त्रि–शहीद...

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा...

गम्भीर बिरामी उद्धारमा क्रान्ति: अन्तर्राष्ट्रिय ‘रिट्रिभल मेडिसिन’ तालिम नेपालमै सम्पन्न

गम्भीर बिरामी उद्धारमा क्रान्ति: अन्तर्राष्ट्रिय ‘रिट्रिभल मेडिसिन’ तालिम नेपालमै सम्पन्न

ललितपुर । नेपालमै पहिलो पटक आयोजना गरिएको ‘एड्भान्स ट्रेनिङ एण्ड...