back
CTIZAN AD

कविता : विपनाकी परी, ए कमलपोखरी !

वि.सं.२०८० पुस २१ शनिवार

3.7K 

shares

नीलकण्ठ तिवारी

कहिले कृष्ण पाउरोटी हुँदै दौडन्थेँ ।
कहिले चारढुंगे हुँदै हतारिन्थेँ ।।
कहिले धोविधारा हुँदै फुत्त आउथेँ ।
कहिले सिटी सेन्टर उताबाटै हेरिरहन्थेँ ।।

एकातिर सुरक्षाको रखवारी थियो ।
अर्कोतिर कोतर्ने काँढाघारी थियो ।।
तथापी तिमीलाई मनबाटै नियालिरहन्थेँ ।
झण्डै २० वर्ष पो भएछ सामिप्यता बढेको ।।

तिमीलाई चीथोरेर हिंडनेहरु अहिले कहां होलान ।
रुपान्तरण नमान्ने लठठकहरुले कहा सोच्न सक्छन ।।
तर म भने उतिबेलै तिम्रो आशक्तिमा डुबेको थिएँ ।
लेखेर बोलेर कराएको थिएँ, सपनाकी परीलाई मर्यादा गर ।।

तिम्रो सौन्दर्यता कल्पेर घरी घरी ।
निस्लोट रमाउथेँ म सपनामा धरी ।।
कुनै जाली शब्द बोलेको छैन ए, कमलपोखरी।
अहिले त साच्चिकै छौ नी बिपनाको परी ।।

तिम्रो चमक र सुगन्ध आजकल धेरैले मन पराउँछन् ।
लगाव, स्नेह र प्रेम बुझ्ने कमै हुन्छन् ।।
स्नेहको स्पर्शमा म एक्लै आउन सकिन परी ।
जोडी बाँधेरै गएपनि एक्लै मुस्कुराएँ घरीघरी ।।

वि.सं.२०८० पुस २१ शनिवार ०७:१२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...