नीलकण्ठ तिवारी
कहिले कृष्ण पाउरोटी हुँदै दौडन्थेँ ।
कहिले चारढुंगे हुँदै हतारिन्थेँ ।।
कहिले धोविधारा हुँदै फुत्त आउथेँ ।
कहिले सिटी सेन्टर उताबाटै हेरिरहन्थेँ ।।
एकातिर सुरक्षाको रखवारी थियो ।
अर्कोतिर कोतर्ने काँढाघारी थियो ।।
तथापी तिमीलाई मनबाटै नियालिरहन्थेँ ।
झण्डै २० वर्ष पो भएछ सामिप्यता बढेको ।।
तिमीलाई चीथोरेर हिंडनेहरु अहिले कहां होलान ।
रुपान्तरण नमान्ने लठठकहरुले कहा सोच्न सक्छन ।।
तर म भने उतिबेलै तिम्रो आशक्तिमा डुबेको थिएँ ।
लेखेर बोलेर कराएको थिएँ, सपनाकी परीलाई मर्यादा गर ।।
तिम्रो सौन्दर्यता कल्पेर घरी घरी ।
निस्लोट रमाउथेँ म सपनामा धरी ।।
कुनै जाली शब्द बोलेको छैन ए, कमलपोखरी।
अहिले त साच्चिकै छौ नी बिपनाको परी ।।
तिम्रो चमक र सुगन्ध आजकल धेरैले मन पराउँछन् ।
लगाव, स्नेह र प्रेम बुझ्ने कमै हुन्छन् ।।
स्नेहको स्पर्शमा म एक्लै आउन सकिन परी ।
जोडी बाँधेरै गएपनि एक्लै मुस्कुराएँ घरीघरी ।।
वि.सं.२०८० पुस २१ शनिवार ०७:१२ मा प्रकाशित






























