डा. घनश्याम परिश्रमी
देखियो केही छ कालो दालमा
लाग्छ शङ्का आज तिम्रो चालमा
बग्छ खोलामा, नदीमा छालमा
जम्नुपर्ने हुन्छ पानी तालमा
छन् कुनै ऐश्वर्यका भोगी यहाँ
छन् कतै मान्छे निकै बेहालमा
गर्दथेँ विश्वास मैले हरघडी
आज उसले तर फसायो जालमा
शिल्प, कौशल, जोस टाढा गइसके
के हुने हो भोलि खै, नेपालमा
बहर : रमल मुसद्दस महजुफ
वजन : २१२२ – २१२२ – २१२
वि.सं.२०८० पुस २१ शनिवार ०७:३१ मा प्रकाशित






























