back
CTIZAN AD

गजल

वि.सं.२०८० माघ १३ शनिवार

1.8K 

shares

जानुका गुरागाईँ, झापा

जजसका जिन्दगीमा मन दुखेका सम्झना हुन्छन्
तिनैका पनि खुसीले दिन बितेका सम्झना हुन्छन्

कतै खानेकुरा देख्दै छु फालेको कसैद्वारा
कसैसङ्ग बसी भोकै गलेका सम्झना हुन्छन्

गयो जोबन कसैको ख्यालख्यालैमा भने बुझ्नू
ती मान्छेसित विगतमा खुब रमेका सम्झना हुन्छन्

सँगै बस्नेहरूका प्रीतले सन्तुष्ट हुन्छन् दिल
भुली जानेहरूका तर बढेका सम्झना हुन्छन्

बनी निर्दोष छुट्ने भ्रष्टका मनमा निसन्देह
लगाई दोष अरूलाई छुटेका सम्झना हुन्छन्

बहर : हजज मुसम्मन सालिम
अर्कान : १२२२ – १२२२ – १२२२ – १२२२

वि.सं.२०८० माघ १३ शनिवार ०७:२३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...