रमा खतिवडा, निजगढ, बारा हाल पोखरा
बाँझो छ खेतबारी दम छैन पाखुरामा
व्यर्थै भुलिन्छ मान्छे बेकारका कुरामा
जन्मिन्छ भाग्य आफ्नो आफैँ लिएर मान्छे
नारीको भाग्य खोज्छन् सिँदुर पोते चुरामा
तेरो र मेरो भन्छौँ ईष्र्या घमण्ड गर्छौँ
आखिर सकिन्छ जीवन आगो र दाउरामा
अनुहार असाध्य राम्रो देखेर मन बुझिन्न
छोडेर हात जान्छन् ढालेर साँधुरामा
होला सुबिस्ता धेरै तिम्रो सहर छ बेग्लै
दुख्दैछ गाउँ मेरो खोकी र दादुरामा
बहर : मुजारे अखरब
अर्कान : २२१ – २१२२ – २२१ – २१२२
काफिया : उरा
तहलिली रदिफ : मा
वि.सं.२०८० माघ १३ शनिवार ०७:२२ मा प्रकाशित






























