back
CTIZAN AD

हाइकु

वि.सं.२०८० माघ १३ शनिवार

1.7K 

shares

बाबुराम न्यौपाने ‘उत्स’
दमक, झापा

१.
शीत लहर
धाँजैधाँजा कुर्कुचा
जीर्ण झोपडी ।

२.
भोकको शान
अभावको कहर
पत्थर दिल ।

३.
मानव चोला
अद्भुत उपहार
ब्रमाण्डचेत ।

४.
चेतन स्पर्श
अन्तर ज्ञानचक्षु
सभ्य धरती ।

५.
व्यस्त श्रमिक
परिश्रमी कृषक
धर्तीका माली ।

६.
भव्य पर्वत
हिमालको मुकुट
नेपाली शान ।

७.
प्रेमालु स्पर्श
हृदयको पुकार
फूलको कथा ।

८.
चरीको गीत
प्रकृतिको संगीत
मृदुल लय ।

९.
हृदय द्धार
ज्ञानको सम्मोहन
धर्ती आकाश ।

१०.
अधर पान
फक्रिएको यौवन
पानीको प्यास।

 

वि.सं.२०८० माघ १३ शनिवार ०७:२७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...