back
CTIZAN AD

कविता : पावरको मान्छे

वि.सं.२०८० माघ १३ शनिवार

2.6K 

shares

यम रेग्मी, दाङ

देख्दैछु रैती भुसुना समान
हुँ सृष्टि कर्ता अरु हुन् मसान ।
ऐरेलु लाग्छन् उपदेश तिम्रा
लाग्दैछ यस्तो म हुँ सर्वसर्वा ।

उडेर आफैँ नभसम्म आएँ
ब्रह्माण्ड जस्तो तह यो बनाएँ ।
चाहा छ देख्नै नपरोस् स्वजाति
हेर्नै कसैले नसकोस् म माथि ।

सबै हिजोका इतिहास च्यात्छ
मबाट जेठो सुरुवाद थाल्छु ।
गरिन्छ मस्ती रसरङ्ग खोज्दै
के गर्न सक्छौ भुइँमाझ भुक्दै ?

देख्दैन धर्ती म छु स्वर्गमाझ
सुवर्ण मान्छे हुँ नमाग गाँस
तारा धरामा छ कहाँ झरेको ?
अम्बा धुलोमा छ कहाँ फलेको ?

जहाँ छ बाली असिना खसाल्छु
जहाँ छ बस्ती पहिरो पसाल्छु
बनेर आधी झुपडी बडार्छु
जे लाग्छ इच्छा सब नष्ट पार्छु ।

पुछार झर्ने दिन आन्न कालो
लाग्दैन मेरो पथमा तुँवालो
जताततै छन् जयकार मन्त्र
अनन्त आरम्भ म मात्र एक ।

म काललाई पनि मार्न सक्छु
म यामलाई पछि सार्न सक्छु
रोकिन्छ हावा म गरे इसारा
खसाल्छु चाहे नभ जून तारा ।

छन्द: उपजाति (इन्द्रवज्रा+उपेन्द्रवज्रा)
गणः त त ज गुरु गुरु
ज त ज गुरु गुरु
गण सङ्केत : SSl  SSl SlS  S S
विश्रामः पाँच अक्षरमा

वि.सं.२०८० माघ १३ शनिवार ०७:२८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...