back
CTIZAN AD

मुक्तक

वि.सं.२०८० माघ १३ शनिवार

2.3K 

shares

इलामे जेठो (शिव अधिकारी )
लुम्बाक,इलाम

१.
सभ्यताको प्रतीक हो, जान हाम्रो टोपी ।
पहिचानको आधार हो, मान हाम्रो टोपी ।
सुरक्षाको कवच सरी , नेपालीको गौरव ,
सगरमाथा सरी उच्च शान हाम्रो टोपी ।

२.
नेतृत्वमा अहिले यस्तो चलन भएको छ ।
अमृतको साटो जहर स्खलन भएको छ ।
जहरकै दुष्प्रभाव जनतामा पर्दा,
न त मर्नु न बाँच्नुको जलन भएको छ ।

३.
आकाश जस्तै तिम्रो मुहार खुलिरहोस् सधैँ ।
उन्नतिले सबै पाटा चुलिइरहोस् सधैँ ।
शुभकामनाका गुच्छा तिमीलाई यत्ति,
गुलाफ झैँ तिम्रो जीवन,फुलिरहोस् सधैँ ।

४.
बर्कतले भ्याएसम्म कुद्न सक्नुपर्छ ।
विघ्न बाधा अघि आए जुध्न सक्नुपर्छ ।
समस्याको बीचबाटै अवसर आउने हो,
चुरो कुरो कहाँ के छ ? बुझ्न सक्नुपर्छ ।

५.
अलिअलि खाँदैछ र, अलिअलि पिउँदैछ ।
जतातिर फाट्छ यो मन्, त्यतैत्यतै सिउँदैछ ।
अलिअलि सिउँदै र, अलिअलि हजुरहरुको,
आशिर्वादले त यो ‘शिव’,अहिलेसम्म जिउँदै छ ।

 

वि.सं.२०८० माघ १३ शनिवार ०७:२९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...