back
CTIZAN AD

गजल

वि.सं.२०८० माघ १३ शनिवार

2K 

shares

शीतल निश्चल,लप्सीबोट, गोरखा

साथमा छैन छुटेको छ अधर के होला,
आज खोजेर पिएको छु जहर के होला ?

आगनीमा छ सुकेको अनिकालको विस्कुन,
घुम्छ बादल र सधैँ गर्छ सफर के होला ?

बल्छ बत्ती पुतली आई घुम्छ उज्यालोमा,
रापमा जल्छ कठै ! मर्छ कसर के होला ?

वरवधू अग्निकवज आरधनागरि जान्छन् ,
प्रेममा आँचल बाँधिन्छ कदर के होला ?

काँधमा काँध नहोला, मुटुमा राख्नेछु,
बाध्यता हुन्छ उचाल्ने छु पयर के होला ?

बहर : रमल मुसम्मन मख्बुज मक्तुव ’ख’
अर्कान : २१२२ – ११२२ – ११२२ – २२

 

वि.सं.२०८० माघ १३ शनिवार ०७:३० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...