back
CTIZAN AD

लघुकथा : परिवर्तन

वि.सं.२०८० माघ १३ शनिवार

1.8K 

shares

वसन्त अनुभव, घोराही, दाङ

शान्तप्रसाद चौतारीमा शान्तपूर्वक बसेर शितलता ग्रहण गरिरहेका थिए ।

‘त्यो कुजातको त्यत्रो हिम्मत ? आफ्नो मर्यादामा बस्नु पर्दैन ?’ रनबहादुर रन्किदै आएर शान्तप्रसादको छेउमा बस्यो ।

‘के भो रनबहादुर ? किन यसरी रनक्क रन्किएको ?’ शान्तप्रसादले जिज्ञासा राखे ।

‘अब त अति भो, दाइ ! यी तल्ला जातले हाकाहाकी हामी माथि प्रहार गर्न थाले । हाम्रो इज्जत माथि धावा बोल्न थाले ।’ रनबहादुरले आगो उकेल्दै अगाडि बोल्यो– ‘त्यो डुमको दुस्साहस हेर्नुस् न ! नानीलाई भगाएर लगेछ । तपाईँ कसरी चुपचाप बस्न सक्नुहुन्छ ? अब यसरी हुँदैन । यही बेला ती कुजातलाई ठेगान लगाउनु पर्छ ।’

‘तिमी पनि के भा’को रनबहादुर ? आजको जमानामा पनि सानो जात, ठुलो जात भनेर हुन्छ त ? मान्छे सबै बराबर, काटे रगत सबैको रातो । भो छोडिदेऊ यी कुरा ! बरू भित्र्याउने तयारी गर । केटो लायकको छ, नानीलाई रानी बनाएर राख्छ ।’ शान्तप्रसादले रनबहादुरलाई शान्त पार्ने प्रयास गरे ।
‘तपाईँ नै त्यसो भन्नुहुन्छ भने मलाई के ? बरू बधाई छ, यहाँलाई । तपाईं नै भित्र्याउनोस् आफ्ना छोरी जुवाइलाई । मैले किन भित्र्याउने ? भलाइको त जमानै रहेन ।’ रनबहादुर रन्किँदै उठेर हिँड्यो ।

‘के रे मेरो छोरी जुवाइ ? पख् न तँ डुमलाई, त्यसै कहाँ छोड्छु र ?’ रनबहादुरको कुराले शान्तप्रसाद एक्कासि अशान्त भए । आँखा र कान राताराता लाल पार्दै उनी पनि घरतर्फ दौडिए ।

 

 

वि.सं.२०८० माघ १३ शनिवार ०७:३३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...