एकनारायण चापागाईं, दाङ, घोराही
खुसीले गगनमा उडेका कथा छन्
म हेर्दै धरातल घुमेका कथा छन्
बनायो तरङ्गित यो मनलाई जसले
ऊ प्रेमी बनेर लेखेका कथा छन्
भयङ्कर छ चल्दै सुनेको छु युद्ध
खबर पृष्ठ पढ्दा मरेका कथा छन्
समालेर राख्ने चलन छैन हाम्रो
पुराना देवालय ढलेका कथा छन्
तिमी देश छोडी गए छौ र साथी
यता बाबु आमा रोएका कथा छन्
बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : १२२ – १२२ – १२२ – १२२
वि.सं.२०८० माघ २० शनिवार ०८:४० मा प्रकाशित






























