मुरलीधर घिमिरे, भरतपुर
१.
सपना देखेँ
मिलनको त्यो खुसी
विपना लेखेँ
२.
नयन खोलेँ
जूनजस्तै पो लाग्यो
‘चकोर’ बोलेँ
३.
‘सन्चै छौ?झ’ सोध्यौ
मुस्कुराएँ मुसुक्क
‘जान्छु है?’ घोच्यौ
४.
धड्कन बढ्यो
जब पूर्णिमा भेटिन
चड्कन चड्यो
५.
बुझ्दैन चित्त
खै तिम्रो हित्तचित्त
माखाको पित्त
६.
फर्क चमेली
जीवन धान्न गाह्रो
राख समेली
७.
म त छु वारि
डाँडाले छेक्यो प्रीति
तिमी छौ पारि
८.
बोल्दिनौ प्रिय
तिम्रो नि भाउ बढ्यो ?
खोल्दिनौ हिय
९.
तिमी नै जून
अरू सारा तारा हुन्
मुरली धुन
१०.
हातमा च्याप्प
हेरिरहेँ लाजले
बिजुली झ्याप्प ।
वि.सं.२०८० माघ २० शनिवार ०८:४१ मा प्रकाशित






























