back
CTIZAN AD

गजल

वि.सं.२०८० माघ २० शनिवार

1.6K 

shares

डा. घनश्याम परिश्रमी

जुन खाइएका हुन् खाइएनन्
खोज्दा नयाँ केही पाइएनन्

गायकहरूले गाए पुरानै
ताजा नयाँ गाना गाइएनन्

पीडा त्यहाँ छन् बुझ्नै छ पर्ने
चुहिने कुनै छाना छाइएनन्

डुक्रेर घुम्छन् साँढे सडकमा
छाडा भए बाच्छा दाइएनन्

चल्दै छ गल्ती गर्दै जमाना
कमजोर के हुन् पहिल्याइएनन्

बहर : मुतकारिब अश्लम
अर्कान : २२, १२२ – २२, १२२

वि.सं.२०८० माघ २० शनिवार ०८:४२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...