back
CTIZAN AD

चारू / रागविराग

वि.सं.२०८० माघ २७ शनिवार

1.3K 

shares

टंक चन्द ठकुरी, दाङ, तुलसीपुर

सागर जस्तै अचल छ्यौ के भयो र अचेल
चारु जस्तै गजल छ्यौ के भयो र अचेल

गीत गजल मुक्तक बन्दै बस्छ्यौ मन मनमा
बोलीभित्र कलकल छ्यौ के भयो र अचेल

कोही पिउँछन् जहर भन्दै कोही अमृत भन्दै
जताततै हरपल छ्यौ के भयो र अचेल

यता हुनु उतै हुनु एउटा कुनै किनारामै
मेरो लागि ढलमल छ्यौ के भयो र अचेल

विशेष भनी सजाएथें मेरै शिरबिन्दिमा
खबर आयो कमसल छ्यौ के भयो र अचेल ।

वि.सं.२०८० माघ २७ शनिवार ०७:२६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...