back
CTIZAN AD

गजल

वि.सं.२०८० माघ २७ शनिवार

1.7K 

shares

दुर्गा थापा मगर, बुटवल

लोभ के गर्छौ जानु खाली रहेछ
मर्छ मान्छे रहने कहानी रहेछ

दैवको लीला चल्छ उनकै खटनले
हुन्छ जे सब उनकै चलाखी रहेछ

जन्म पायौँ राम्रै गरौँ कर्म सबले
इष्ट राख्ने मृदु मिष्ठ बोली रहेछ

पर्छ सबले स्वीकार्न सुख दुःख जे होस्
पाहुना हो सुख दुःख साथी रहेछ

जे म बोलेँ साँचो कुरा मात्र बोलेँ
हौ कि भन्ने मान्छे गफाडी रहेछ ।

बहर : खफीफ
अर्कान : २१२२ २२१२ २१२२
काफिया बन्धन : ई
रदिफ : रहेछ

वि.सं.२०८० माघ २७ शनिवार ०७:२७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...