back
CTIZAN AD

गजल

वि.सं.२०८० माघ २७ शनिवार

1.8K 

shares

बालकुमारी घिमिरे गजलिका
इलाम, हाल–अमेरिका

चित्र जसको राखिएको सिरानीमा थियो
पोखिएको प्रीत उनकै जवानीमा थियो

चाहना जब तोडिए पाउ यी तब मोडिए
खोट तिम्रै प्यारको बेइमानीमा थियो

भन्थे मेरा मित्रले जिन्दगीको हर खुसी
भेट्ने आशा हातको राहदानीमा थियो

जो सकेन बस्न यो दिलको राजाझैँ बनी
मेरो दुःखद एउटै ऊ कहानीमा थियो

दुख्ख लाग्यो हार भो उसले गर्दा सानु भुल
जित्नु पर्ने खेल जुन सावधानीमा थियो

बहर : मदीद मुसम्मन सालिम
अर्कान : २१२२ २१२ २१२२ २१२

वि.सं.२०८० माघ २७ शनिवार ०७:३० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...