back
CTIZAN AD

गजल

वि.सं.२०८० फागुन ५ शनिवार

1.4K 

shares

उत्तम विचार,काठमाडौं

भयो बर्षौँ तिमीले मलाई बिर्सिएको
र मैले मात्र बेकार लाग्यो सम्झिएको ।

छु दाम्लोमा भनी बिर्सिए छन् वस्तुले पनि
न बिर्सेको भए याद हुन्थ्यो मच्चिएको ।

झर्यौ बर्खे झरीझैँ छ बढ्दो भेलबाढी
छ तिम्रो बैंसको छाल उस्तै उर्लिएको ।

दूरी बढ्दो छ तिम्रो र मेरो आजभोलि
शिशिरको घामजस्तै छु आफैँ टाढिएको ।

बनी आजाद पक्षी सुनायो त्रासको क्षण
भुलेको छैन बन्दी बनाई राखिएको ।

बहर : अरिज
अर्कान : मुफाईलुन्, फऊलुन् = २
वजन : १२२२ – १२२ – १२२२ – १२२
काफिया बन्धन : इए
तहलिली / बद्ध रदिफ : को

वि.सं.२०८० फागुन ५ शनिवार ०७:५९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...