back
CTIZAN AD

मुक्तक

वि.सं.२०८० फागुन १२ शनिवार

1.9K 

shares

निर्मल रमण पराजुली,समाखुशी, काठ्मान्डौ

१.
छोरी जन्मिई खुशी भए, ठुली बनाएँ बढाएर
सक्षम पारे ज्ञानी पारे, भने जस्तै पढाएर
आफ्नै आँगन पोली, उस्को गोत्र अन्तै सारि
रुदै रुदै पठाउदै छु, उसलाई डोली चढाएर …

२.
छोराले वंश चलाउछ भनी, समाजमा भ्रम छर्नेहरू
छोरीलाई भार सम्झी, गर्भमै हत्या गर्नेहरू
आजकल बृद्ध आश्रममा, बसेर पछुताई रहेछन्
छोरी होईन छोरै पाउँ भनि, ईश्वरको शरण पर्नेहरू …

३.
एउटा राम्रो सन्देश लेखी, पठाउ त्यो ठाउँमा
काम गर्ने सङ्घ संस्था, खटाउ त्यो ठाउँमा
छाउ गोठभित्र अझै कति, चेलीबेटी मर्न दिने
सबै मिली त्यस्तो प्रथा, हटाउ त्यो ठाउँमा …

४.
आफ्नी छोरी जस्तै प्रिय, बुहारी पनि सोचिदिए
छोरिको भाव बुहारी कै, अनुहारमा खोजिदिए
पक्कै पनि सुन्दर बन्छ, हाम्रो सामाजिक परिवेश
बुहारी विधवा हुँदा, फेरि असल वर रोजिदिए …

५.
म जानि जानि दुःख दिन्न, कहिल्यै तिम्रो आँसु झार्दिन
जस्तै संकट आओस् मायाँमा, पाईला अन्त सार्दिन
मेरो आराधना तपस्या तिमी, यो जन्म अनि जन्मान्तर
म जिउँदै हँदासम्म तिमीलाई, कहिल्यै एक्लो पार्दिन…

वि.सं.२०८० फागुन १२ शनिवार ०७:५५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...