कार्की डिबी माकुम
सुनवल–४, नवलपरासी
१.
घुम्दै छ जीवन सधैँ दुःख सुखमा
झटारो पनि खप्दछ फल रुखमा ।
२.
आफ्नो मन स्वयम् आफूले नै जाँच्नु
सकेसम्म अहित कर्म नै भाँच्नु ।
३.
लक्ष्यविनाका मानिस पशु समान हुन्छन्
सांसारिक माया नबुझ्नेहरू आफैँ रुन्छन् ।
४.
ज्ञान लिन खोज्नेको नै कमी भयो किन ?
शिक्षाप्रति जनताको भावना भो हीन ?
वि.सं.२०८० फागुन १२ शनिवार ०७:५६ मा प्रकाशित






























