back
CTIZAN AD

कविता : नियति गति

वि.सं.२०८० फागुन १२ शनिवार

1.6K 

shares

कल्पना भट्टराई, काठमाडौं

कता जाने होला अलमल परेको छु पथमा
कठै ! चढ्नै गाह्रो अति समयको दिव्य रथमा
कुनै होलान् मेरा पनि नजिकका सारथि भनी
कडा पीडा भोगेँ नियति गतिको बन्धन पनि ।१।

कथाले मागेको छ अब कविता लेख्छु सरर
कहानी छन् मेरा अति जहरिला कष्ट कहर
कसैले बुझ्दैनन् विकल मनका रोदन पनि
कडा पीडा भोगेँ नियति गतिको बन्धन पनि ।२।

कुनै गर्छन् निन्दा किन दिनदिनै घुम्छ मगज
कुनै घस्छन् चिप्लो हरबखत नै बन्छु सजग
कुनै देखा पर्छन् अति सुलसुले घातक बनी
कडा पीडा भोगेँ नियति गतिको बन्धन पनि ।३।

कुनै आँखा तर्छन् कुटिल मनले निल्न जसरी
कुनै बन्छन् काँडा प्रगति पथमा बढ्नु कसरी
कुनै देख्दा लाग्छन् असल मतिका सुन्दर धनी
कडा पीडा भोगेँ नियति गतिको बन्धन पनि ।४।

कसैका आँखाको अति अगतिलो झार नबनूँ
कुनै दुःखीलाई मलम अथवा साथ म बनूँ
कसैको सेवामा हरपल खटूँ सेवक बनी
कडा पीडा भोगेँ नियति गतिको बन्धन पनि ।५।

छन्द : शिखरिणी
गण : य म न स भ ल गु
सङ्केत : lSS  SSS  lll  llS  Sll  l  S

 

 

वि.सं.२०८० फागुन १२ शनिवार ०७:५९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...