back
CTIZAN AD

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

वि.सं.२०८० फागुन १२ शनिवार

1.2K 

shares

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै सम्पन्न भएको छ ।

यहि फागुन ६ गते आईतबारका दिन जुममार्फत भएको केन्द्रीय महाधिवेशनले अध्यक्ष अजित उत्सवलाई स–सम्मान बिदाइ गर्दै संस्थाका केन्द्रीय संरक्षक समर चेम्जोङ ‘आभाष’ लाई आगामी कार्यकाल सन् २०२३–२०२५ का लागि नयाँ अध्यक्षका रूपमा सर्व–सम्मत चयन गरेको छ ।
संस्थाका निवर्तमान अध्यक्ष अजित उत्सवको अध्यक्षतामा सम्पन्न भएको उक्त अधिवेशनले समर चेम्जोङ ‘आभाष’ को नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा जीरन थुलुङ राई, उपाध्यक्षमा सरु शीतल राई, महासचिवमा रोहित कुँवर, सचिवमा कुसुम नेपाली (जापान), सहसचिवमा लिलि अधिकारी (स्पेन), कोषाध्यक्षमा काजल राई, सहकोषाध्यक्षमा अमृता वान्तवा राई, प्रवक्तामा राजेशराज गड्तौला, नेपाल रहेका छन् ।

त्यस्तै सदस्यहरुमा अमन एकल (नेपाल), सुजन सिरेङ चोङ्बाङ (युएई), चन्द्र सम्बाहाम्फे (नेपाल), राज यात्री लम्साल (युएई), सुमित्रा सुमी (नेपाल), युवराज खतिवडा (नेपाल), कृष्ण घिमिरे (नेपाल), डीके किराँती (युएई), धनक बहादुर मगर (नेपाल), किरण टी लिम्बु (यूके), मुन्चे राई (युएई), आस्था निरौला, किशोर धिमाल, मञ्जुल मितेरी –जापान), नैना सुब्बा बराइली (भारत) र नकुल पौडेल रहेका छन् ।

अधिवेशनमा नयाँ केन्द्रीय अध्यक्ष चयन गर्ने पहिले निवर्तमान अध्यक्ष अजित उत्सवका तर्फबाट संस्थाको जानकारी सहितको प्रतिवेदन, निवर्तमान महासचिव डि एल घिमिरेले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष चन्द्र सम्बाहाम्फे लिम्बूले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै अजित उत्सवले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमा केही जानकारीहरू र थप सुझाव सहित सर्वसम्मत रूपमा पारित भएको थियो ।

कार्यक्रमको सहजीकरण निवर्तमान केन्द्रीय महासचिव डि एल घिमिरेले गरेको अधिवेशन युएई समय बेलुकाको ५ बजेदेखि राति ८ः ३५ बजे सम्म चलेको थियो । उक्त अधिवेशनले ‘आभाष’ लाई अध्यक्ष सहित उल्लेखित सर्जकहरूलाई नयाँ कार्यकालका लागि सर्वसम्मत रूपमा चयन गरेको प्रवक्ता राजेशराज गड्तौलाले जानकारी दिए ।

त्यसैगरी समाजको संरक्षकहरुमा विवेक दुलाल क्षेत्री दमक (नेपाल), किरण कौशल मियोङ्बा (पोर्चुगल), अजित क्षेत्री (द. कोरिया), सेल्कर पाख्रिन (नेपाल), शाश्वत ढुङ्गाना (युएई) र दूरबस्तिको शिशिर (नेपाल) रहेका छन् ।

 

 

वि.सं.२०८० फागुन १२ शनिवार ०८:१८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...