
खुम रायमाझी, कुवेत । जनमोर्चाको भातृ संगठन कुवेत नेपाली एकता समाजले जलिब अब्बासिया स्थित रिदम हलमा आज एक समारोहको आयोजना गरी १२८ औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएको छ ।
हरेक वर्ष मे १ का दिन मनाइने यो दिवस प्रवासी मजदूरहरूको छुट्टीलार्इ ध्यानमा राखी समाजले आज मे ५ तारिक शुक्रबार पारेर कार्यक्रम गरेको हो ।
समाजका केन्द्रिय अध्यक्ष निम बुढा मगरको सभापतित्व र समाजका केन्द्रिय सल्लाहकार कमरेड हिमाल जि.सी. को प्रमुख अ।तिथ्यता तथा नेपाली दूतावास कुवेतका द्वित्तीय सचिव ज्ञान बहादुर मगरको विशेष अ।तिथ्यतामा सम्पन्न उक्त कार्यक्रम ज्ञात अज्ञात वीर सहिदहरूको सम्झनामा १ मिनेटको मौनधारण गर्दै शुरू भएको थियो भने समाजमा आबद्द तथा आस्थावनहरूको बाक्लो उपस्थिती रहेको थियो ।

यस कार्यक्रममा समाजका केन्द्रिय उपाध्यक्षको स्वागत मनतव्य पछि रक्तिम कलाकारहरुले स्वागत गित प्रस्तुत गर्नुभएको थियो भने सञ्चालन केन्द्रिय महासचिव खुम रायमाझीले गर्नुभएको थियो।
समाजले कुवेतको नेपाली समाजमा सकृय सामाजिक सेवाको कार्य गरेको भन्दै सँस्थागत रूपमा लुम्बिनी समाज नेपाल-कुवेत र जनजागृति युवा समाज,कुवेत तथा सामाजिक अभियन्ताहरु माधव शर्मा तथा ललिता थापा मगरलार्इ सम्मान गरेको थियो भने विश्व हिन्दु महासंघका कुवेत संयोजक टिकाराम आचार्य, जन सम्पर्क समिति कुवेतका महामन्त्री माधव शर्मा, सगरमाथा परोपकारी समाजका अध्यक्ष वसन्त थापा,लुम्विनी समाज कुवेत नेपालका अध्यक्ष एच.पि.खत्री, नेपाल कुवेत साँस्कृतिक मञ्च कुवेतका उपाध्यक्ष डोलराज न्यौपाने लगायतले मजदुर दिवस विशेष शुभकामना मन्तव्य राखेका थिए ।

प्रमुख अथिति हरि जि.सी.ले आफ्नो विशेष समयमा मनतव्य राख्दै खाडी मुलुकमा बढिरहेको मानवतस्करका विरुद्ध सम्पुर्ण संघसंस्था एकजुट भएर आवाज उठाउनु पर्ने र सरकारसँग माग राख्नु पर्ने कुरामा जोड दिंदै कुवेतबाट साउदीमा बेचिएकी चेली लक्ष्मी श्रेष्ठको तत्काल उद्वार गर्नको निम्ति राजदुतावासलाई ध्यानाकर्षण गराउनु भएको थियो साथै कुवेतमा क्रियाशिल केही नेपाली पत्रकारहरुले भोजभतेरमा मात्र चाँसो राख्ने गरेको र मजदुरहरुका दुख र कष्टहरुलाई यथार्थतामा ल्याउन राजनितिक संगठनहरुलाई सहयोग नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो।

त्यस्तै समाजका महासचिवले सञ्चालनकै क्रममा समय लिंदै नेपाल सरकारले नेपाली मजदुरहरुको हकमा कुवैत सरकारसँग श्रम सम्झौता गर्न नसक्नु विडम्बनाको विषय हो भन्दै अहिले कुवेतबाट छुट्टीमा स्वदेश गएका घरेलु कामदारहरुलाई श्रम मन्त्रालयले स्विकृत्ति दिन रोक्का गरिरहेका कामदारहरु सबै अवैधानिकरुपमा नभई वैधानिकरुपमा कुवेत आएका कामदारहरुको ठुलो संख्यामा भए पनि नेपाली राजदुतावास कुवेतले कुनै चाँसो नदिएको र नेपाली समुदायहरुलाई औपचारिक जानाकारी नदिएको प्रति आपत्ति जनाउनु भएको थियो।
कार्यक्रमको संयोजन समाज सँस्थापक अध्यक्ष अनिल रसाइली गर्नु भएको थियो भने रक्तिम साँस्कृतिक अभियानका कलाकारहरू दुर्गा परियार, आशा शेरबुजा, डेमानसिं राना, जनक भूसाल तथा अतिथि कलाकारका रूपमा डोलराज न्यौपाने, मुक्त बहादुर बिश्वकर्मा, शर्मिला सुनार, कमलेश कामती लगायतले गीत संगीत र नृत्य प्रस्तुत गर्नु भएको थियो।
वि.सं.२०७४ वैशाख २३ शनिवार १०:०१ मा प्रकाशित






























