back
CTIZAN AD

कविता : खटपट

वि.सं.२०८० चैत १० शनिवार

1.5K 

shares

निम्बतरु, अर्घाखाँची

नासिकाबाट सलसली पानी बग्यो
ओष्ठ चिसो भयो
नासिका फुकालें
माघे घाममा तगारो नेर टाँगेर सुकाईदिएँ ।

बार–बार छिँक
हाँच्छिउँ
नासिकाबाट बग्न बित्तिकै पानी
रुमालले पुछिहाल्नुपर्ने
नासिकाको डाँडी नै रातो भएर बिछट्टै !
अहो !

सधैँ गन्ध सुँघेर हैरान
आज बन्द भएर थप्प
बाक्लिएको र जमेको
सिँगान स्खलन
चरम सकसको
गिदी नै निरन्तर बगेजस्तो

बाक्लो बिग्रेको दहीजस्तो
अस्वाभाविक नुनिलो स्वाद
केटाकेटी ताका स्वात्त ! सिलित्त ! जीब्रोले तानिथ्यो

बाहुलाले पुछ्दा पुछ्दा
बाहुला कलेटी परेर कालो कालो ।

चासोको खटपट
नासिकाबाट चुहिदै ओठभरि
सोझो बाच्छा मन अल्मलिदै अल्मलिदै
जीब्रो निकालेर बसेको छ न्यूरोडमा ।

 

 

वि.सं.२०८० चैत १० शनिवार ०७:५८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...