back
CTIZAN AD

कविता : तिमीबिना

वि.सं.२०८१ जेठ १२ शनिवार

2.7K 

shares

प्रेम राई परीक्षित
बाँसवारी, काठमाडौं

तिमी बिना
हराउँछ आधी आकाश
आधी आकाश सँगै
हराउँछ जुन पनि
अनि जुन सँगै हराउँछ रात
रात सँगै हराउँछन् सपनाहरू
अनि तिमी बिना
हराउँछ जीवनको माधुर्यता

तिमी बिना
पात बिनाको रुख
फूल बिनाको बगैँचा
तिमी बिना
पानी बिनाको खोला
किनारा बिनाको नदि
तिमी बिना
गन्तव्य बिनाको यात्रा
हो तिमी बिना
स्पन्दन बिनाको मुटु
मुटु बिनाको छाती

तिमी बिना
न हुन्छ घडी
न घडिमा चल्छ समय
तिमी बिना
न स्वाद न सुबास
न श्रवण न स्पर्श
तिमी बिना
न जोबन न जीवन
न घर न भान्सा
न दैनिकिको अर्थ
न रातको बिश्वास

भल हूँ बर्खाको
तिमी बिना
अनियम छरपष्ट बगिदिन्छु
तिमी त हौ
किनारा बनेर डोल्याइदिने
चङ्गा हूँ आकाशको
तिमी नहुँदा
अनियम उडिदिन्छु
तिमी त हौ
मायाको लटाईले बेरिदिने

तिमी पराईलाई
आफ्नो बनाउन सक्छौ
तिमी प्रदेशमा
गुराँस फुलाउन सक्छौ
काँडालाई आफूमा
समाहित गर्न सक्छौ
फूलको भाषा बुझ्न सक्छौ
हावाको सुस्केरा
अनुभुत गर्न सक्छौ

हाम्रो दुइटा शरीर
हाम्रो दुईटा मुटु
ती दुईओटा मुटुमा चल्ने
एउटा ढुकढुकी
हाम्रो फरक फरक आँखा
तर एउटा दृष्टि
अनि दुःखमा सुक्सुकाउने एउटै आँसु
हाम्रो फरक फरक ओठ
तर खुसिमा मुस्कुराउने
एउटै मुस्कुराहट
हाम्रो फरक फरक खुट्टाहरू
तर एउटै गन्तव्य
तिम्रै कारण
मेरो इमान बढेको छ
कुरौटेहरुको व्यवसाय घटेको छ
हुतिहारा नामर्द भन्नेहरूको
मुख टालिएको छ

तिमी नभएको दिन
घर घर लाग्दैन
पाइलाहरु किन हो
घर पस्न मान्दैन
तिमी नभएको दिन
भान्सामा थालभाँडा बज्दैन
थालभाडा नबज्दा
घर जिउदो लाग्दैन
सबै तिमी नै त हौ
तिमीबिना न मेरो घर चल्छ
न त मेरो बन
तिमी बिना न मेरो जीवन चल्छ
न त मेरो मन

तिम्रै कारण मेरो गोजि
अनुसाशनमा चलेको छ
तिम्रै कारण
मेरो चुल्हो बलेको छ
थोरै नै होस
फुर्मासे मेरो हात
तिम्रै कारण
बैङ्कमा बचत भएको छ
त्यसैले मेरो घर चलेको छ
तिम्रै कारण
गाई गोठहरुमा
बिद्रोह शान्त भएको छ
अशान्ती हराएको छ अगेनोमा

म अमान्छेलाई
मान्छे बनाएकी छ्यौ
म ढुङ्गालाई
देवता बनाएकी छ्यौ
एक चिम्टी सिन्दुरमा
समन्धको सगरमाथा उभ्याएकिछ्यौ
पोतेको लुङहरूमा
सम्बन्धको थुङ्गाहरु उनेकिछ्यौ
घाँटिको मङ्गलसूत्रमा
अनन्त सम्बन्धको सूत्र
नाडिका रङ्गिन चुराहरूमा
जुनिभरको लागि सम्बन्ध कसेकिछ्यौ
आफू निराहार बसेर
अरुका लागि दीर्घायू मागेकी छ्यौ

कुन फूलले सम्मान गरूँ
तिमीलाई सम्मान गर्ने
धरतिमा त्यस्तो फूल नै छैन
जसले तिम्रो
सुन्दरता
कोमलता
निः स्वार्थतालाई फिक्का बनाउन सकोस् !
किनकी तिमी आफै अजम्बरी फूल हौ!!

वि.सं.२०८१ जेठ १२ शनिवार ०८:०८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...