रोहित कुँवर,चितवन हाल–युएई
बिश्वास गर्नु भन्दै आशा दियो उसैले
जसको गरेँ भरोसा धोका दियो उसैले
ठक्कर कतै नलागोस् भन्थ्यो जो मुस्कुराई
उपहार फूल दिँदा काँडा दियो उसैले
हाँसो खुसी र माया भन्ने कुरा न रै’छ
पार्दै झरी नयनमा छाता दियो उसैले
कोरेर राख्छु तस्बिर दिलमा भनेर आज
च्यातेर एक खाली पाना दियो उसैले
संसार देख्छु सारा तिम्रा नजरले भन्दै
आँखा फुटाइ कालो चस्मा दियो उसैले ।
बहर : मुजारे मुसम्मन अखरब
अर्कान : मफऊल फाइलातुन मफऊल फाइलातुन
वजन : २२१ २१२२ २२१ २१२२
वि.सं.२०८१ जेठ २६ शनिवार ०७:०८ मा प्रकाशित






























