गजेन्द्र मोक्तान, पाँचथर
झुठको खेती गर्न
कति सिपालु
आफूलाई संसारकै
महान सम्झन्छ
सडकको पेटीमा
हिडिरहने व्यक्तिलाई
गन्दैन मान्छे
ऊ
करोडौंको गाडीमा सवार
उसको भौतिक शरीर
दुनियाँ ठगेर बनाएको
सुविधा सम्पन्न महलमा
लाखौं पैसा खर्चेर
फरक राष्ट्रियतासँगको
शारीरिक सम्बन्धलाई
चरम सुख भोग्दै
लाग्छ साँच्चै
कति भाग्यमानी
विडम्बना
थोरै महसुस पनि गर्दैन
दुःखीको आँसु
गरिवको वेदना
भुलिरहन्छ विलासितामा
धार्मिक वाणीलाई
सोच्नसम्म सक्दैन
विर्सिरहन्छ
विचरा
उसको आफ्नै
मृत्युलाई
बाँचिरहेको छ
ऊ एउटा
ठूलो भ्रममा
नबुझेर
जिन्दगीको यथार्थता ।
वि.सं.२०८१ जेठ २६ शनिवार ०७:१० मा प्रकाशित






























