back

कविता : ऊ

वि.सं.२०८१ जेठ २६ शनिवार

1.2K 

shares
RBB AD
NTC AD

गजेन्द्र मोक्तान, पाँचथर

झुठको खेती गर्न
कति सिपालु
आफूलाई संसारकै
महान सम्झन्छ
सडकको पेटीमा
हिडिरहने व्यक्तिलाई
गन्दैन मान्छे

करोडौंको गाडीमा सवार
उसको भौतिक शरीर
दुनियाँ ठगेर बनाएको
सुविधा सम्पन्न महलमा
लाखौं पैसा खर्चेर
फरक राष्ट्रियतासँगको
शारीरिक सम्बन्धलाई
चरम सुख भोग्दै
लाग्छ साँच्चै
कति भाग्यमानी
विडम्बना
थोरै महसुस पनि गर्दैन
दुःखीको आँसु
गरिवको वेदना
भुलिरहन्छ विलासितामा
धार्मिक वाणीलाई
सोच्नसम्म सक्दैन
विर्सिरहन्छ
विचरा
उसको आफ्नै
मृत्युलाई
बाँचिरहेको छ
ऊ एउटा
ठूलो भ्रममा
नबुझेर
जिन्दगीको यथार्थता ।

वि.सं.२०८१ जेठ २६ शनिवार ०७:१० मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : पत्नी विनाको घर

कविता : पत्नी विनाको घर

कल्पना अधिकारी भट्टराई, काठमाडौं झुक्याएर भइन् तिरोहित प्रिया एक्लो भयो...

सुसेली

सुसेली

डा. ठाकुर मोहन श्रेष्ठ,काठमाडौं  हाम्रा सौरभ सहासिक गोर्खाली साझा गौरब...

कविता : खुम्रे कीराजस्तो

कविता : खुम्रे कीराजस्तो

निम्बतरु, अर्घाखाँची चाहिने जो जिन्दगीमा के छ ? भएभरको सप्पै...

मुक्तक

मुक्तक

लक्ष्मी स्मृति, बिराटनगर १ यता उता घरिघरि नजर तन्काउँदै आउनू...

कविता : मायावी मानव

कविता : मायावी मानव

सुशील रिजाल,कीर्तिपुर, काठमाडौ उर्लिन्छन् मनमा भाव शून्यतामा हराउँछु चुलिन्छन् भावमा...

गजल

गजल

सुधिर थापा, काठमाडौं तिमीसङ्ग मिल्ने न औकात मेरो न केही...