डा. घनश्याम परिश्रमी
गणतन्त्र फुलोस्, गणतन्त्र फलोस्
नवनीति लिई अब राज्य चलोस्
छ पुरातन संस्कृति – रुढि भने
शुभभाव रहोस् र विकार गलोस्
जडचेतनले अब मुक्ति लिओस्
र, उठ्न सकोस् शठतन्त्र ढलोस्
जनमानसमा जून – घाम रमून्
तमको अवशेष अशेष जलोस्
ननिभोस् कहिले अब यो घरमा
गणतान्त्रिक दीप सदैव जलोस्
बहर : बहर : मुतदारिक मुसम्मन मख्बुन
वजन :११२ , ११२ , ११२ , ११२
अर्कान : फइलुन् , फइलुन् , फइलुन् , फइलुन्
(डा. परिश्रमी बर्दघाट प्रज्ञाप्रतिष्ठानका कुलपति हुन् ।)
वि.सं.२०८१ जेठ २६ शनिवार ०७:११ मा प्रकाशित






























