डा. ठाकुर मोहन श्रेष्ठ
बुढानिलकण्ठ, काठमाडौं
१.
हुनु नहुनु हुदैछन् विचित्र देखीदैछन् बिश्वमा
हिँउ घट्दै, नदि समुन्द्र सुक्दै ब्रह्माण्ड तात्दै प्रजाति लोप हुदैँ
बिभिन्न नारा र प्रतिवेदन लेखिदैछन् विश्वमा
२.
संगठित छ बिज्ञान जुट्दै प्रकृति बचाउनमा
जुन पाचँ, उन्नाइ सए चौहत्तरदेखी ’एक पृथ्वी’ नाराले
’पृथ्वीको लागि समय’ दिँदै विकृति हटाउनमा
३.
भुलेर सनातनी ज्ञान रीति थिती नलत्याऔं है
प्रकृति, संस्कृति, प्रविधिको संरक्षण र उपयोग गरौ
सुनेर पश्चिमी मात्र ल तिथि मिति नपत्याऔं है
४.
यजुर्वेदमा विश्वशान्ति प्राथना पथ भक्ति छन्
ध्यौ शान्तिदेखी पञ्च तत्व, बनस्पति,गाँउ, नगर राष्ट्रको
सृष्टि, पालन र संहारका महान सत शक्ति छन्
५.
प्रविधिमा प्रकृति मैत्री बिकास बढाऔ बिश्वमा
’प्रकृति जोगाऔं ’ तन र मनले, बाँकी जिम्मा परमात्माको
बिनास रोक्न विज्ञानमा विवेक चढाऔं बिश्वमा
वि.सं.२०८१ जेठ २६ शनिवार ०७:०५ मा प्रकाशित






























