back
CTIZAN AD

कविता : उनी अनि म

वि.सं.२०८१ जेठ २६ शनिवार

2.5K 

shares

चन्द्रिका राना, थापा
पाल्पा, हाल–काठमाडौं

एउटा घर, घरमा हामी दुई
म पनि मौन, उनी पनि मौन
प्राय सधै, शून्य, शून्य, प्राय रित्तो रित्तो

म धेरै कुरा उनलाई भन्न चाहान्छु
उनी मलाई धेरै कुरा भन्न चाहान्छिन्
तर, उनी मलाई चित्त दुख्ला भनेर केही भन्दिनन्
म पनि उनलाई चित्त दुख्ला भनेर केही भन्न सक्तिनँ
के हाम्रो सम्बन्ध त्यति कमजोर छ र
हाम्रो सम्बन्ध छिमेकीसँगको जस्तो हो र ?
जहाँ छिमेकी रिसाउलान् भनेर नबोली बस्ने !
चित्त नबुझेको कुरामा छिमेकी सँग त छलफल गर्नुपर्छ
छलफलपछि समस्याको समाधान निकाल्नु पर्छ
तर उनी र म बीच भने त्यस्तो हुँदैन

एउटा घर, घरमा हामी दुई
म पनि मौन, उनी पनि मौन
प्राय सधै, शून्य, शून्य, प्राय रित्तो रित्तो

उनले चित्त नबुझेको कुरा पोख्दा
मेरा बानीहरुमा आपत्ति जनाउँदा
म उनको किच–किच सुन्न चाहान्न
उनले गरेको आलोचना सुन्न चाहान्न

एउटा घर, घरमा हामी दुई
म पनि मौन, उनी पनि मौन
प्राय सधै, शून्य, शून्य, प्राय रित्तो रित्तो

उनी भन्छिन् तिम्रो लागि जीवन दिन्छु
भावनामै म पनि भन्छु–मेरो जीवन पनि तिम्रै हो
अ,ह व्यवहारमा भने हामीबीच त्यस्तो कहिले हुँदैन
हामीवीच त्यो माया र सद्भाव कदापी देखिदैन
उनी भन्छिन्, तिमी स्वयम् परिवर्तन नहुँदासम्म
मैले परिवर्तन गर्न खोजेर हुँदैन
म पनि मनमनै भन्छु,
तिमीले मेरो लयमा नहिँडेसम्म
म तिम्रो कुरा सुन्दै सुन्दिनँ, अनि मान्दै मान्दिनँ

बेचेर उनको जीवन बचाउन लाग्नु पर्छ
उनी आफ्ना गहना गुरिया अनि माइतीले दिएको पेवा समेत
सवै बेचेर मेरो उपचारका लागि लाग्नुपर्नेछ भने,
किन यो दुःख अनि असन्तोष दुवै मिलेर माइनस गर्दै नजाने ?
किन यो थोरै–थोरै खुसीलाई समेटेर खुसी प्लस गर्दै नजाने ?
यो संसारको माया, मोह, लोभ लालच छोडेर
एकअर्कामा समाहित भएर
किन खुसीको सास फेर्दै जीवनको सफरमा अगाडि नबढ्ने ?

एउटा घर, घरमा हामी दुई
म पनि मौन, उनी पनि मौन
प्राय सधै, शून्य, शून्य, प्राय रित्तो रित्तो

म आजभोली सोँच्ने गर्छु
किन म उनका विचारमा सहमत हुन सक्तिनँ ?
किन उनी मेरा बिचारसँग सहमत हुन सक्तिनन् ?
आखिर जीवनको सफर त हामी दुवै मिलेर गर्ने हो
गुँडका बचेराहरु पंख हालेर उडी गएपछि
उनी मेरो र म उनको सहारा बन्नु नै छ
कथंकदाचित निको नहुने रोगले छोयो भने,
मानवियताको नाताले पनि मैले उनलाई,
छोडेर कतै जान सक्तिन
उनी पनि मलाई कतै छोडेर जान सक्तिनन्
तर, हामीबीच त सात जुनी सँगै रहने सम्बन्ध छ

एउटा घर, घरमा हामी दुई
म पनि मौन, उनी पनि मौन
प्राय सधै, शून्य, शून्य, प्राय रित्तो रित्तो

जीवनको आधा, आधी उमेर त बितिसक्यो,
अव बाँकी जीवनको जंघार दुवैले हात समाएर तर्नुछ ।
तर, पनि हामी एकअर्कामा समाहित हुन किन सक्तैनौं
दुःखहरुका पहाड दुवैजना मिली विस्तारै कम गर्दै जान सक्तैनौं
थाम्न नसक्ने गरी मनमा असन्तुष्टिका भारीहरु चुलिरहेका छन्
मनमा दुःखका भारीहरु थपिदै गइरहेका छन्

एउटा घर, घरमा हामी दुई
म पनि मौन, उनी पनि मौन
प्राय सधै, शून्य, शून्य, प्राय रित्तो रित्तो

आखिर जीवन न हो, उनी विस्तरामा थलिने अवस्थामा
जम्मा गरेर राखेको पुँजीले औषधोपचार गर्न नपुग्दा
म उनका लागि र उनी मेरा लागि
म मेरा नाममा भएको सम्पूर्ण चल अचल सम्पत्ती
बेचेर उनको जीवन बचाउन लाग्नु पर्छ
उनी आफ्ना गहना गुरिया अनि माइतीले दिएको पेवा समेत
सवै बेचेर मेरो उपचारका लागि लाग्नुपर्नेछ भने,
किन यो दुःख अनि असन्तोष दुवै मिलेर माइनस गर्दै नजाने ?
किन यो थोरै–थोरै खुसीलाई समेटेर खुसी प्लस गर्दै नजाने ?
यो संसारको माया, मोह, लोभ लालच छोडेर
एकअर्कामा समाहित भएर
किन खुसीको सास फेर्दै जीवनको सफरमा अगाडि नबढ्ने ?

उनी, म अनि एउटा घर सधै खुसीले भरिएका
मायाले भरिएको, विश्वासले भरिएको, सन्तोषले भरिएको
अनि सुख र शान्तिले भरिएको वातावरणमा
हामी दुई खुसी भएर किन नबाँच्ने ?

वि.सं.२०८१ जेठ २६ शनिवार ०७:२० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...