back
CTIZAN AD

मुक्तक

वि.सं.२०८१ जेठ २६ शनिवार

1.6K 

shares

गणेश लोहनी, काठमाडौं

१.
केही गर्ने अठोट बोकी मैदानमा आएपछि
माटो सँग मुटु जोडि गाढा माया लाएपछि
अस्मिताको चिन्ता धेरै नलिनु है आमा अब
अन्यायमा राँको झोस्ने यौटा सपुत पाएपछि ।

२.
जन्मेको युगको के कुरा बन्छन् सर्वकालिक पनि
सम्मानका लायकहरूको बनाउँछन् सालिक पनि
कुख्यातहरू मृत्युसंगै हराउँछन् विस्मृतिको गर्भमा
सच्चा लोकनायक सगर्व बन्छन् मनका मालिक पनि ।

३.
उर्वर सबल युवा शक्ति खाडीतिर जलेकै छ
समृद्धिको सपना हाम्रो धरहरा झैँ ढलेकै छ
गहिरोमै तालपर्छ बजेट देखाउने दाँत न हो
सङ्गठित साहुहरुको ढ्याके चोके चलेकै छ ।


खपि साध्य कहाँ छ र चरक्क चर्कन जानेका छौ
पिपलपाते जता पनि फरक्क फर्कन जानेका छौ
सत्य सुत्यो इमान पनि यिनैले किनिसके भन्छन्
साँढेको फल देखाएर सहजै तर्कन जानेका छौ ।

५.
सफाईका अभियन्ता स्वयम् हिलो पोत्ने भए
समृद्धिको घाँस देखाउँदै मझेरी पो जोत्ने भए
जो जो कहलिएका थिए स्वनामधन्य मुक्तिदाता
खुम्चिएर केवल आफन्तलाई मात्र ओत्ने भए ।

 

वि.सं.२०८१ जेठ २६ शनिवार ०७:२१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...