back
CTIZAN AD

गजल

वि.सं.२०८१ जेठ २६ शनिवार

1.7K 

shares

भूपाल अधिकारी, बिराटनगर

उनी रुझ्दा झरी बन्ने अनौठो चाहनाभित्र
उनैको मोहनी तस्बिर सजाएँ कल्पनाभित्र

सियोले झैँ ह्दयमा घोच्छ भन्थेँ यादले उनको
बने मान्छेहरू मुर्दा हमेशा सम्झनाभित्र

सबै भन्छन् जवानी होस् सधैँ बाँचौँ सधैंँ धन होस्
हुँदै प्यासी त्यसै मर्छन् भुवनमा तिर्सनाभित्र

नमार्नू चेतना तिम्रा हे जिउँदा लास बन्ने हो
नबाँच्नू झन् किराजस्तो बेहोसी मुर्च्छनाभित्र

अझै बन्दुकका कुञ्जाले गरिब लाचार ठोकेमा
यहाँ भीषण प्रलय उठ्ला चरम हर यातनाभित्र

 

वि.सं.२०८१ जेठ २६ शनिवार ०७:२६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...