back
CTIZAN AD

यसरी मनाइयो आयरल्याण्डमा बुद्धजयन्ती (तस्बिर सहित)

वि.सं.२०७४ वैशाख ३० शनिवार

726 

shares

ireland4बुद्ध जयन्तीको अबसरमा एनआरएनए आयरल्याण्डको आयोजना तथा विभिन्न नेपाली संघसंस्थाको सहकार्यमा बुद्ध जयन्ती धुमधामका साथ मनाइएको छ ।
आयरल्याण्डको डब्लिनस्थित ओकनल स्ट्रीटमा  मइ ७ का दिन र्यालीसहित बुद्धजयन्ती कार्यक्रमको आयोजना गरिएको हो ।
भारतले बुद्ध भारतमा जन्मेको भनेर दुष्प्रचार गरिरहँदा संसारभरी छरिएर रहेका नेपालीहरुले एक सचेत नेपाली नागरिकको उदाहरण तथा पहिचान दिदैं आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्न जरुरी रहेको भन्दै जनचेतना जगाउने उद्धेश्यले शान्तिका प्रतिक गौतम बुद्धको २५६१ औं जन्म जयन्ती मनाइएको एनआरएनए आयरल्याण्डका अध्यक्ष राजन काफ्लेले बताउनु भयो ।

ireland3
स्थानीय सरकारको पूर्ण साथ सहयोगको रहेको उक्त कार्यक्रम तथा र्याली ओकनल स्ट्रीटबाट सुरु भई डेम स्ट्रीट हुँदै टेम्पलबार स्क्वायरमा आयर बिसर्जन भएको थियो । बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु नेपाल आयरल्याण्ड समाज, नेपाल आयरल्याण्ड जनजाति संघ, चितवन समाज आयरल्याण्ड , जनसम्पर्क समिति आयरल्याण्ड, नेपाल पर्यटन बोर्डका स्थानीय प्रतिनिधिहरु दिपेश मान शाक्य , गणेश प्रसाई, एभरेस्ट नेपाल , नेपाली भाषा तथा संस्कृतका शिक्षक–बिद्यार्थी, अभिभाबक लगायत, डब्लिन बाहिरबाट समेत सयौंको संख्यामा नेपालीहरुको उपस्थिति रहेको उक्त शान्ति र्याली हजारौले अबलोकन गरेका थिए ।

irelnd2

र्यालीमा बुद्ध धुन, प्ले कार्ड, फ्लायर, नेपाल पर्यटन बोर्डको ब्यानर र नेपाली राष्ट्रिय झन्डा सहित नेपाली भेष भूषामा सजिएका नेपालीहरुको सहभागिता अत्यंत आकर्षक देखिएको थियो । पर्यटन प्रबर्धनका लागी समेत कोसेढुंगा मानिएको यो कार्यक्रममा पर्यटन ब्यानर, फ्लायर आदिको समेत व्यवस्था गरिएको थियो ।
कार्यक्रमको नेपाली दूतावास लंडनका अधिकारीले समेत प्रशंसा गरेका थिए ।

ireland1

एनआरएनका महासचिब अच्युत गैरेले कार्यक्रम अत्यन्त रोचक भएको बताउनु भएको थियो भने आयोजकका अध्यक्ष काफ्लेले कार्यक्रम सफल बनाऊन सहयोग गर्नु भएको भन्दै उपस्थित सबैलाइ धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

वि.सं.२०७४ वैशाख ३० शनिवार ०८:०५ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...